होलीमा प्रहरीको कडा चेकिङ, ५ सय २३ मोटरसाइकल नियन्त्रणमा
काठमाडौं । होलीमा काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट प्रहरीले एक सय ६७ जना पक्राउ गरेको जनाएको छ । होलीमा जबरजस्ती रङ्ग दल्न खोज्ने र आवञ्छित कार्य गर्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट १ सय ६० जना, ललितपुरबाट ३ जना र भक्तपुरबाट ४ जना पक्राउ गरेको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
ईच्छाविपरीत लोला हान्ने, एउटै मोटरसाईकलमा तीनजना चढेर हिँड्ने, हेलमेट नलगाईकन हिँड्ने जस्ता गतिविधिमा संलग्नहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ठमेल क्षेत्रबाट १० जना, महारागञ्जबाट ९ जना, बौद्धबाट १० जना, गौशाला एरियाबाट ८ जना, बानेश्वरबाट २२ जना, कालिमाटीबाट ४० जना, कीर्तिपुरबाट ४ जना र थानकोटबाट २४ जना पक्राउ परेका छन् । काठमाडौंबाट पक्राउ परेका कुल १४१ मध्ये ३ जना महिला रहेको बताइएको छ । होलीको अवसरमा नियमविपरित मोटरसाइकल चलाइएका ५६८ मोटरसाईकललाई ट्राफिक प्रहरीले कारबाहीको दायरामा ल्याएको छ । उनीहरूमाथि सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाउने प्रहरीले जनाएको छ ।
साथै, ट्राफिक नियम उल्लंघन तथा मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा ५ सय २३ वटा मोटरसाइकललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया