रञ्जु दर्शनाले भनिन -एमाले मुलुककै सबैभन्दा भ्रष्ट पार्टी हो
मेडिकल माफियाहरुको झुण्डले सन्चालन गरेको पार्टी एमाले रहेको भन्दै उनले एमाले जस्तै पार्टीहरूका कारण मुलुकमा भ्रष्टाचार बढेको जिकिर गरिन् ।
आसन्न मंसिरमा हुन लागेको निर्वाचनमा पार्टीको उम्मेद्वार जिताउन चुनावी अभियानमा रहेकी रञ्जुले चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै एमाले लगायत अन्य सबै राजनीतिक दलको चर्को विरोध गरिन ।
एमाले प्रवेश गर्ने तयारी गरेको भन्ने समाचारको खण्डन गर्दै दर्शनाले भ्रष्टाचारमा लिप्त भएका र भ्रष्टहरुको मात्रै झुण्ड रहेको पार्टीको सदस्य बन्न आफुलाई कुनै चाह नभएको भन्दै आफु विवकेशील साझामै रहेको प्रष्ट पारिन् ।
विवेकशील साझा पार्टीलाई राष्ट्रिय पार्टी बनाउने लक्ष्यमा आफुहरु रहेको भन्दै त्यसकालागि सबैले मतदान गरि सहयोग गर्न समेत उनले आग्रह गरिन् ।चुनावि घरदैलोमा सम्बोधन गरेको भिडियो आफ्नो फेसबुक पेजमा राख्दै उनले एमाले लगायत पुराना पार्टी मुलुकको समृद्धिका लागि बाधक बनेको जिकिर गरेकी छिन् ।
प्रतिक्रिया