विप्लवको धम्कीसँगै सलमान नेपाल नआउने पक्का, के होला ‘दबंग द टुर’ ?
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन २६ गते काठमाडौंमा हुने बलिउडका अभिनेता सलमान खानको कार्यक्रम विथोल्ने चेतावनी दिएसँगै बलिउड अभिनेता खानको नेपाल आउने कार्यक्रम स्थगित भएको छ । खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो ।विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएका छन् ।
तर, आयोजक ओडीसी इन्टरनेसनलले भने ‘दबंग द टुर’ रद्द भएको जानकारी गराएको छैन । सलमानको ‘दबंग द टुर’ १० मार्च अर्थात्मा फाल्गुण २६ गत्ते काठमाण्डुमा हुने तय भएको थियो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो । सलमानको कार्यक्रमको विषयलाई लिएर नेकपाको सांस्कृतिक संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघले विरोध गर्दै कार्यक्रम रोक्ने चेतावनी दिएको थियो ।
आफू सहभागी हुने कार्यक्रका विषयलाई लिएर एक राजनीतिक दलले विरोध जनाएपछि सलमानले कार्यक्रममा असुरक्षित महसुस गर्दै सहभागीता जनाउन नचाहेको बताइएको छ ।
संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘यही फागुन २६ गते नेपालको राजधानी काठमाडौंमा अवस्थित सैनिक मञ्चलाई समेत प्रयोग गरेर भारतीय कलाकार ल्याई कार्यक्रम आयोजना गर्न लागिएको प्रति अखिल नेपाल जनसांस्कृतिक महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’ ‘नेपालमाथि भारतीय राजनीतिक मात्रै होइन, सांस्कृतिक अतिक्रमण समेत तीव्र पारिएको छ । नेपालीहरू राष्ट्रियताप्रति कत्तिको संवेदनशील छन्, भनेर जाँच्ने भित्री उद्देश्य भारतीय कलाकार काठमाडौं उतार्ने विशेष योजनाअन्तर्गत हुन लागेको ‘बलिउड
सुपरस्टार दबंग द टुर’ नामक योजनाअन्तर्गतको सांस्कृतिक कार्यक्रम तत्काल खारेज गर्न माग गर्दछौँ ।‘
नेपालमा विईङ ह्युमनको नामबाट सामानहरू बिक्री गर्दै भारतीय जनताको लागि सहयोग गर्दै आएका नायक खान नेपाली जनताका लागि समेत प्रिय पात्र हुन्’, विज्ञप्तिमा भनिएको छ, ‘कलाको हिसाबले उनी निकै लोकप्रिय छन् तर, त्यसो भन्दैमा हाम्रो राष्ट्रियताको रक्षा र संवर्द्धनका लागि उनीसँगै आउने सांस्कृतिक अतिक्रमण स्वीकार्य छैन ।
‘सलमान खान कलाकारको हिसाबमा नेपाल आउनमा कुनै अवरोधको नीति नरहेको भन्दै महासचिव थपलियाले भनेका छन्, ‘रक्सी, मदिराका प्रवर्द्धनको लागि नेपाल आउने, प्रतिव्यक्ति २० हजार रुपैयाँको टिकट काट्ने कार्य नेपाली अर्थतन्त्रलाई समेत धरासायी बनाउने निश्चित छ । त्यसैले ओडिसी इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको उक्त कार्यक्रम तत्काल रोक्न हामी सरोकारवाला सबैलाई हाम्रो विनम्र आग्रह छ ।’
यसअघि काठमाडौंको दरबारमार्गमा रहेको डेजाभु क्लवमा डिजे मार्समेलो नआउँदा त्यहाँ उपस्थित दर्शकहरुले क्लव नै तोडफोड गरेका थिए । अहिले पनि प्रति ब्यक्ति २० हजार सम्म उठाइएको ‘दबंग द टुर’ का आयोजकले भने के गर्ने हुन् त्यो भने समयले नै बताउला ।
प्रतिक्रिया