अबकाशको मुखमा आइजीपीले उचालेपछि एआईजीहरु ३० बर्षे अबधि हटाउने लबिङमा
काठमाडौं । शेरबहादुर देउवा सरकारको पालामा ३० बर्षे सेवावधिका आधारमा अवकाश हुने प्रावधान खारेज गर्न योजनाबद्ध रुपमा लागेर पनि असफल भएका नेपाल प्रहरीका एआइजी र आइजीपीको समूह नयाँ सरकार आएपछि पुनः सक्रिय भएको छ ।
आइजीपी प्रकाश अर्यालको सचिवालयका एआइजी विजय भट्टको कार्यकक्षमा आइतबार प्रहरी नियमावली संशोधन गरी ३० बर्षे सेवावधिको प्रावधान हटाउनेबारेमा सरकारसँग लबिङ गर्नका लागि एआइजीहरुले छलफल सुरु गरेका छन् ।
नेपाल प्रहरीका आइजीपी, १५ एआइजी, २ डीआइजीसमेत २८ जनाको अवकाश हुन सार्वजजिनक बिदासमेत जोड्दा ३७ दिन बाँकी छ । उनीहरुको जागिर अब ३० कार्यदिनमात्र छ । तर उनीहरु अझै पनि ३० बर्षे सेवावधि खारेज गरी जागिर अवधि लम्ब्याउनका लागि नियमावली संशोधन गर्ने चलखेलमा लागेका छन् । आइजीपीसहित १५ एआइजीहरु आगामी चैत २८ मा अवकाश हुँदैछन् । एआइजी बिजय भट्टले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग आफ्नो सम्बन्ध अति राम्रो भएकाले एकपटक ३० बर्षे प्रावधान खारेज गर्न सकिने आशामा एआइजीहरुलाई बोलाएर छलफल गराएका छन् । छलफलमा २ नम्बर प्रदेशका एआइजी विजयलाल कायस्थ, हेमन्त पालहरु थिए ।
स्रोतका अनुसार एआइजी भट्टको सिधै माओवादी अध्यक्ष प्रचण्डसँग पहुँच रहेको र कायस्थ नेवार समुदायका माओवादी र एमालेका नेताहरुसँग लबिङ गरी ३० बर्षे प्रावधान हटाउनको लागि छलफलमा जुटिरहेका छन् । एआइजी भट्टको कार्यकक्षमा एआइजीहरुले गृहमन्त्री माओवादी केन्द्रकै रामबहादुर थापा बादल भएकाले ३० बर्षे प्रावधान हटाउन सकिनेबारेमा छलफल गरेका थिए ।(नयाँ पेज )
प्रतिक्रिया