प्रकाशमानलाई पराजित गर्दै देउवा संसदीय दलको नेता बन्न सफल
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रकाशमान सिंहलाई पराजित गर्दै सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । सिंहलाई २५ मतान्तरले पराजित गर्दै देउवा दलको नेता बन्न सफल भएका हुन । देउवाले ४४ मत पाए भने सिंहले १९ मत पाएका छन् ।
प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । सर्वसम्मतिको प्रयास असफल भएपछि दुवैबीच प्रतिस्पर्धा भएको थियो । सिंहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र देउवालाई आफ्नै पक्षको समर्थन थियो । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाकोे समूह भने दुवैतिर बाँडिएको बुझिएको छ । सिटौला पक्षका भीमसेन दास प्रधान खुलेर देउवातिर लाग्दा गगन थापाको समर्थन भने सिंहलाई रहेको थियो ।
प्रतिक्रिया