गठबन्धनको प्रतिवद्धतासँगै फोरम सरकारमा सहभागी हुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने÷नहुने विषयमा निर्णय गर्न नसकेको संघीय समाजवादी फोरमले बल्ल सरकारमा सहभागी हुने निर्णय गरेको छ । फोरम पदाधिकारीहरुको मंगलबार विहान बसेको बैठकले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको वाम गठबन्धन र फोरमबीच आजै सहमति गर्ने तयारी भएको बुझिएको छ । एमाले र माओवादीले सहमतिका आधारमा संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएपछि फोरम सरकार सहभागी हुने भएको हो ।
तर, फोरले ठूलो पद मागेपछि अझै सहमति भने हुन सकेको छैन । वाम गठबन्धनले दुई मन्त्री र एक राज्यमन्त्री प्रस्ताव गरेको छ भने फोरमले उपप्रधानसहित तीन मन्त्री र उपसभामुखमा दाबी गरेको छ । पदको विषयमा भने अझै सहमति हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित