अवैध लागूऔषधसहित भारतीय नागरिक प्रहरी फन्दामा

काठमाडौं । महानगरिय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागूऔषध सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले रौतहटबाट काठमाडौं आउँदै गरेको बा३ख ४४६३ नम्बरको यात्रुवाहक बस चेक जाँचको क्रममा शिवहर विहार वस्ने ३६ वर्षिय भारतिय नागरिक अनुरुपकुमार महतोको साथबाट अवैध लागूऔषध बरामद गरेको हो ।

उनको साथबाट नुर्फिन ४९२ एम्पुल, फेनार्गन ५०० एम्पुल रडाईजाल्याव ५०० एम्पुल वरामद गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाईएको प्रहरी प्रभाग नागढुंगाका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित