युवा नेता गुरूङ मैदानमा उत्रिदा वरिष्ठ नेता पौडेललाई चुनाव जित्न सहज
तनहुँ। कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएसँगै वरिष्ठ नेता रामचन्द्र पौडेलाई निर्वाचन मैदानमा उत्रन सहज भएको छ । पौडेलले तनहुँ–१ बाट उम्मेदवारी दिएका छन् ।
पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिएका थिए । तर, निर्वाचन आयोगले शनिबार जोशीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।
सार्वजनिक पदमा रहेर जिम्मेवारी सम्हाल्दा जोशीले भ्रष्टाचार गरि अकुत सम्पत्ति आर्जन गरेको फैसला विशेष अदालतले गरेको थियो । अहिले क्षेत्र विभाजन हुँदा तनहुँ–१ कांग्रेस बाहुल्य मानिन्छ ।
ब्यास नगरपालिकाको अधिकांश भूभागसहित क्यामिन, घाँसीकुवा लगायतका क्षेत्र त्यसमा पर्छन्। अर्कोतिर, पौडेललाई प्रभावशाली युवा नेता पूर्ण गुरुङले स्पस्ट रुपमा साथ दिएका कारण पौडेलको जित नजिक रहेको तनहुँ कांग्रेसका केही कार्यकर्ताहरुको बुझाइ छ।
बिगत एक बर्ष देखी तनहुँका गाउँ गाउँमा पुगेर कांग्रेसको संगठन विस्तार गर्दै आएका गुरुङ तनहुँबाट एक मात्र केन्द्रीय सभाको लागि समानुपातिक सूचीमा परेका छन्। तरुण दलका पुर्व केन्द्रिय सदस्य समेत रहेका गुरुङ नै मैदानमा उत्रिएर नेता पौडेलका चुनावी कमान्डर बनेका कारण पौडेललाई जित्न थप सहज हुने कांग्रेसका कार्यकर्ताहरु वताउँछन ।
प्रतिक्रिया