पक्राउ पुर्जी जारी गरिएका विप्लवले किन मागे प्रचण्ड पुत्रीको राजीनामा ?

Biplabकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका नाममा पक्राउ पुर्जी जारी गरिएको एक महिना पुग्न लागेको छ । जिल्ला अदालत भोजपुरले पक्राउ गर्न आदेश दिए बमोजिम कार्यन्वयन गर्नलाई विप्लवको घरमा पक्राउ पूर्जी टासिएको थियो ।

 तर, उनी परेका छैनन । सरकारले पक्राउ गर्न नसकेका विप्लवले नेतृत्व गरेको पार्टीले प्रचण्ड पुत्री मेयर रेणु दाहालको राजीनामा माग गरेर उल्टै चुनौती दिएको छ । आफ्ना नेता तथा कार्यकर्ताको घरमा खानतलासी गर्न प्रहरी प्रशासन लगाएको केहि दिनमै नेकपा नेत्र विक्रम चन्द विप्लव निकट जिल्ला जनपरिषद चितवनले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको राजीनामाको माग गरेको छ । जनपरिषदले विहिवार एक पत्र लेखि दाहालको राजीनामा माग गरेको हो ।

 जनपरिषदले पत्रमा संस्थागत भ्रष्टचारले देश बर्वाद हुने, बामगठबन्धनका नाममा सरकार गठन गरिएको, सरकारले लोकतन्त्रको नाममा फाँसिवादको अभ्यास गरिरहेको, कर छली, महिला बेचबिखन, महिला हिंसा, समामाजिक दलालीकरणहरुको तीव्र बढिरहेको उल्लेख गरिएको छ ।

 जिल्ला जनपरिषद चितवनका प्रमुख नवराज पौडेलले हस्तक्षर गरेको पत्रमा 'दलाल पुँजीवाद र सामाजिक पूँजीवादको खेती गर्न दलाल संसदीय व्यवस्था फाँसीवाी तरिकाले राज्यशक्तिको दुरुपयोग गरी जनता माथि शासन लाद्ने गतिविधि गरिरहेको छ । त्यसैले जनविरोधी दलाल संसदीय सत्ताको प्रतिनिधि बनेर जनताको नजरमा कलंकिति बन्नुको सट्टा आफ्नो प्रमुख पदीय ओहदाबाट राजीनामा दिइ राष्ट्र निर्माणमा सहयोग गर्न आग्रह गर्दछ ।' भनिएको छ ।

patra

प्रतिक्रिया

सम्बन्धित