लमजुङका यि टुरिष्ट उम्मेदवार,जसले आफैँलाई भोट हाल्न पाउँदैनन्

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिती नजिकिँदै गर्दा टुरिष्ट उम्मेदवारहरुको बारेमा चर्चा सुरु भएको छ ।  आफ्नो मतदाता परिचय पत्र नभएको ठाउँमा गएर उम्मेदवारी दिनुलाई टुरिष्ट उम्मेदवार भनेर चिनिन्छ ।

    यो चुनावमा त्यस्तै उम्मेदवार बनेका छन् माओवादी नेता देव गुरुङ । मनाङ र कास्की–१ पहिलो संविधानसभा निर्वाचनमा विजयी बनेका उनी प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपाली भने मनाङ छाडेर लमजुङबाट उम्मेदवार बनेका छन् ।

  बाम गठबन्धनमा निकै ठूलो रस्साकस्सी पछि टिकट पाएका उनले यो चुनावमा एमालेको समेत समर्थनमा काँग्रेसका पुराना नेता दिल बहादुर घर्तीसँग प्रतिस्पर्धा गर्दैछन् । तर, टुरिष्ट उम्मेदवारको रुपमा आलोचनाको शिकार बनेका उनलाई सो क्षेत्रमा माहोल बनाउन भने निकै कठिन भईरहेको छ ।

  मतदाता नामावलीमा नाम अर्कै जिल्लामा भएका कारण आफैंलाई आफैंले भोट हाल्न नपाउने उम्मेदवार समेत रहेका गुरुङको भन्दा सो क्षेत्रमा घर्तीकै बलियो माहोल चुलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित