भारतबाटै तय भयो ओलीको भ्रमण तालिका

काठमाडौं । आगामी चैत २३ गते भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण तालिका भारतले नै तय गरेको छ । परराष्ट्र मन्त्रालयलका अनुसार ओली तीन दिने राजकीय भ्रमणका लागि भारत भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली भारत भ्रमणमा जान लागेका हुन् ।
ओलीको भारत भ्रमणको मिति नेपाल तथा भारत सरकारले एकै दिन सार्वजनिक गरेको छ। दुबै देशका परराष्ट्र मन्त्रालयले भ्रमण मिति सार्वजनिक गरेको हो। परराष्ट्र मन्त्रालयले शुक्रवार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म भारत भ्रमण गर्ने उल्लेख छ ।

भ्रमणका दौरान प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति राम नाथ कोविन्द, उपराष्ट्रपति एम भेनाकाही नाइडु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेट गर्नेछन् । त्यस्तै, अन्य मन्त्रीहरुसँग भेट हुने पराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले पटनागर र उत्तराखण्डको भ्रमण गर्नेछन् भने गोविन्द बल्लभ पन्त युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । ओली २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित