आर्थिक प्रलोभनमा परि राप्रपा चितवनका अध्यक्ष माओवादीमा प्रवेस ! पाण्डेलाई असर पर्ला ?

चितवन।  राप्रपा(प्रजातान्त्रिक) चितवनका अध्यक्ष बद्री तिमल्सीना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  चितवनको माडीमा आयोजित एक कार्यक्रममा तिमल्सीनालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अभिर र माला लगाएर स्वागत गरे। तिमल्सीना संगै राप्रपा (प्रजातान्त्रिक) का ३१ जना माओवादी केन्द्र प्रवेश गरेका छन् । सार्वजनिक कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दोस्रोपटक माडी पुगेका थिए ।

  आर्थिक प्रलोभनमा परेर तिमिल्सिनाको टोली माओवादीमा प्रवेश गरेको भन्दै उनको आलोचना भएको छ।

  तिमिल्सिना माओवादीमा प्रवेश गरे पनि  चितवन -३ मा प्रचण्डसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका राप्रपा प्रजातान्त्रिक नेता विक्रम पाण्डेलाई भने खासै असर नपर्ने उनका कार्यकर्ताहरु वताउँछन् ।

  उम्मेदवारी दर्ताको दिनमा समेत तिमिल्सिना लोकतान्त्रिक गठवन्धनका तर्फबाट अगुवाई गर्दै हिडिँरहेका थिए । तर, अकस्मात लाखौं रकममा बिक्री भई  पोलिटव्युरो सदस्य बन्ने आशमा उनी माओवादीमा प्रवेस गरेको वताइन्छ ।  तिमिल्सिना यसअघि कमल थापाको राप्रपा नेपालको जिल्ला अध्यक्ष थिए ।

प्रतिक्रिया

सम्बन्धित