सचिव न्यौपानेद्वारा अख्तियारमा पदबहाली
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका सचिव महेश्वर न्यौपानेले सोमवार पद बहाली गरेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिवमा रहेका न्यौपाने चैत २० गतेको मन्त्रिपरिषदको निर्णय बमोजिम आयोगको सरुवा भएका थिए ।
पद बहालीपछि आयोगमा कार्यरत सबै तहका कर्मचारीहरुलाई निर्देशन दिंदै सचिव न्यौपानेले आयोगप्रतिको जनविश्वासलाई कायम राखेर कर्मचारीहरुले काम गर्नुपर्ने बताएका छन् ।
सचिव न्यौपानेले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा आयोगको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै आयोगले सञ्चालन गरेको प्रवद्र्धनात्मक, निरोधात्मक र दण्डात्मक रणनीतिलाई थप प्रभावकारी बनाएर काम गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया