तराईमा एनजीओले फैलाउँदै छ ‘क्रिश्चियन अभियान’
काठमाडौं । मधेसका अधिकारकर्मी तुलानारायण साह अध्यक्ष रहेको नेपाल मधेस फाउण्डेसनले पश्चिमा राष्ट्रहरूको संगठन युरोपियन युनियनबाट ७ करोड ४१ लाख १७ हजार ३ सय ७९ रुपैयाँ लिएको खुलासा भएको छ । समाज कल्याणपरिषद्बाट प्राप्त तथ्यांक अनुसार साहले मधेस र मधेसी जनताको नाममा करोडौं रकम लिएका हुन् ।
मधेसी जनताको नाममा साहले लिएको रकमले के–के काम भयो भनेर खोजविन हुन थालेको छ । उनले यति ठूलो रकम मधेसी जनताको नाममा लिए पनि देखिने काम कहिं कतै भएको छैन ।
स्रोतका अनुसार अध्यक्ष साहले मधेसी जनताको तथ्यांक संकलन गरेर युरोपियन युनियनलाई बुझाउने गरेका छन् । त्यसले गर्दा युरोपियन युनियनलाई नेपालको तराई क्षेत्र र मधेसी जनतालाई कसरी आफ्नो पक्षमा प्रयोग गर्न सकिन्छ भनेर योजना बनाउन सजिलो हुनेछ ।
साहले जानेर हो वा नजानेर क्रिश्चियनहरूलाई फाइदा पुग्ने गरेर काम गरिरहेको स्रोतको भनाई छ ।
अध्यक्ष साहलाई एसपीसीभी–युएनडिपी नेपालले पनि स्थानीय सरकारको कार्यक्रम गर्न १४ लाख ९६ हजार दिएको तथ्य फेला परेको छ । यो कार्यक्रम सप्तरी, धनुषा र सर्लाहीमा अक्टोवर २०१३ देखि डिसेम्बरसम्म भएको थियो । नागरिक समाज र स्थानीय सरकार तथा गर्भमेन्ट फ्यासीलीटीका नाममा उनले १५ लाख पनि लिएका छन् । सन् २०१४ को अप्रिलदेखि जुलाई २०१५ सम्म यो रकम सप्तरी, सिरहा, धनुषा र सर्लाहीमा खर्च भएको देखाइएको छ ।
सन् २०१३ को जनवरी देखि सन् २०१४ सम्म अध्यक्ष साहले आफ्नै एनजीओमार्फत सिराहा र सर्लाहीका लागि डेनिडाबाट २५ लाख लिएका छन् । उनले नागरिक समाजको स्तरोन्नतीका लागि ६० लाख लिएको खुलेको छ । सन् २०१३ को जुलाईदेखि डिसेम्बरसम्म ललितपुर, मोरङ, सिराहा, पर्सा र बाँकेमा कार्यक्रम गरेको देखाइएको छ ।
तराई मधेसको स्तरोन्नतीका लागि भन्दै साहले ललितपुर, मोरङ सुनसरी, सप्तरी, धनुषा, सिरहा, महोत्तरी, सर्लाही, बारा, पर्सा नवलपरासी, र कपिलवस्तुका लागि १ करोड ३० लाख लिएका छन् । यो कार्यक्रम सन् २०१२ देखि सन् २०१३ को जुलाईसम्म चलेको थियो ।
मिथिला क्षेत्रको अवाजलाई सशक्त बनाउन र जवाफदेहिताको लागि भन्ने कार्यक्रममा साहले ५ करोड ८६ लाख २१ हजार ३ सय ७९ रुपियाँ लिएका छन् । सन् २०१६ को फेब्रुअरीदेखि सन् २०१८ सम्म यो कार्यक्रम लागू हुनेछ । अहिले पनि साहको यो कार्यक्रम ललितपुर, धनुषा, सप्तरी, सिरहा, महोत्तरी र सर्लाहीमा लागू छ । युरोपियन युनियनले साहलाई यति ठूलो रकम गर्भनेन्स फ्यासिलिटीका नाममा दिएको हो ।
यसअघि दीपेन्द्र झा समूहले क्षमा अभियान चलाएको थियो । तर, मधेसी जनताहरूले त्यसको विरोध गरेका थिए । तराईमा प्रवेश गर्नका लागि युरोपियन युनियनले दीपेन्द्र झा समूहलाई प्रयोग गरेर तराईमा क्रिश्चियन मुभमेन्ट चलाउन खोजेपनि सफल हुन सकेको थिएन ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ
प्रतिक्रिया