नेपाली कांग्रेसले गर्नै पर्ने काम

nc flagनेपाली कांग्रेसले निर्वाचनको समीक्षा गरिरहेको छ । केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूबीच मन माझामाझ भएको छ । उनीहरूले एकले अर्कालाई भन्न कुनै कुरा बाँकी राखेका छैनन् । जे होस् केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूबाट आएका सुझाव र तर्कले कांग्रेसलाई नयाँ जीवन दिन ठूलो मद्दत मिल्नेछ ।

हुन त नेपाली कांग्रेसले आफूलाई सांगठनिक रुपमा मजबुत रुपमा उठाउनै पर्छ । होइन भने अबको साढे चार वर्षपछि हुने आम निर्वाचनमा हार व्यहोर्ने अवस्था आउन सक्छ । स्थानीय तहमा कांग्रेसले जरो गाड्न सक्नुपर्छ । तल्लो तहका कार्यकर्तालाई संरक्षण गर्नुपर्छ । यति मात्रै होइन केन्द्रीय कार्यसमितिको बैठकबाट कांग्रेसले गाउँ जाने कार्यक्रमहरू बनाउनु पर्छ । कार्यकर्ताहरूलाई प्रशिक्षणको आवश्यक्ता छ । प्रशिक्षणका कार्यक्रमहरू बनाउनुपर्छ ।

नेपाल तरुण दलले सानै प्रयास भए पनि प्रदेशस्तरीय कार्यक्रमहरू गरेको छ । यो अत्यन्तै सह्रानीय छ । यस्ता कार्यक्रमहरू तरुण दलले निर्वाचनभन्दा अगाडि नै गरेको भए धेरै राम्रो हुने थियो । समय रहँदासम्म सुतेर बसेको तरुण दलले आफूलाई सांगठनिक रुपमा लोभलाग्दो बनाउनु पर्छ । गाउँ तहसम्म आफ्नो शाखा विस्तार गर्नुपर्छ । नेविसंघले पनि आफूलाई सक्रिय बनाउनुपर्छ । केन्द्रीय कार्यसमितिले नेविसंघलाई चलायमान बनाउने गरेर निर्णय गर्नुपर्छ ।

नेपाली कांग्रेस गुल्मीले सुरुवात गरेको कार्यक्रमलाई केन्द्रीय कार्यसमितिले पनि अबलम्बन गर्नुपर्छ । कांग्रेसले सबै जिल्ला र मातहतलाई गाउँ प्रवेशको निर्देशन दिनुपर्छ । त्यति मात्रै होइन गरिव जनताको सेवा र सहयोगमा पनि निर्देशन दिनुपर्छ । गाउँमा गरिव जनतासँग कसरी काम भएको छ भन्ने कुराको अनुगमन गर्न पनि कांग्रेसले संयन्त्र बनाउनुपर्छ । त्यसो भयो भने मात्रै कांग्रेसलाई फेरि पनि जनताले साथ र समर्थन दिनेछन् ।

कांग्रेसलाई समानुपातिकमा आएको भोट गरेर केन्द्रमा बस्दैमा संगठन निर्माण हुँदैन । कांग्रेसको पक्षमा जनता छन् । तर उनीहरूलाई कांग्रेसले देशको मुहार फेर्छ भनेर सम्झाउने तरिका सिक्नुपर्छ । जनतालाई कांग्रेसप्रति आकर्षित गराउनुपर्छ । यही ने अहिले नेपाली कांग्रेको मूल लक्ष्य बन्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित