प्रदेश २ मा एमालेले खटायो सुराकी

kpoligut

 काठमाडौं । घटुवामा परेका एमालेका नेता तथा महान्यायाधिवक्ता अग्नि खरेलको जोडबलमा प्रदेश २ को मुख्य न्यायाधिवक्ता बनेका दीपेन्द्र झाले प्रमुख अतिथि बन्न पाएको प्रसंगको तस्बिर ट्वीट गरेर खुसी व्यक्त गरेका छन् । उनले यस्तै अवसर आगामी दिनमा पनि जुरोस् भनेर इच्छा पनि जाहेर गरेका छन् ।

 कुनै बेला मधेस र मधेसी जनताको नाममा ठूला–ठूला एनजिओ चलाएर आलोचना खेपेका झालाई केही महिना अगाडि प्रदेश २ को मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको थियो । नेपाल प्रहरीको भगौडाको सूचीमा रहेका झाको मुख्य न्यायाधिवक्तामा योग्यता नपुगेको भनेर सर्वोच्च अदालतमा रिट पनि परेको छ ।

पूर्व कानून मन्त्री खरेललाई एमालेले घटुवा गर्दै महान्यायाधिवक्तामा नियुक्त गरेको छ । उनै खरेलको जोडबलमा झा मुख्य न्यायाधिवक्ता बनेको चर्चा छ । झाले संघीय फोरम र प्रदेश २ को लागि भन्दा पनि एमालेका लागि काम गर्ने गरेको आरोप छ । झाले प्रदेश २ मा एमालेको संगठन गर्नुका साथै त्यहाँको सबै जानकारी खरेलमार्फत एमालेको मुख्यालय धुम्बाराहीमा पु¥याउनु पर्नेछ ।

 स्रोतले भन्यो,‘उपेन्द्र यादवसँग निकट रहेको जस्तो देखिए पनि दीपेन्द्र झा एमालेका खास मान्छे हुन् । प्रदेश २ मा बिग्रिएको एमालेको संगठन बनाउन झालाई एमालेले अग्नि खरेलमार्फत प्रयोग गरेको छ ।’
काम बिहीन बनेका मुख्य न्यायाधिवक्ता झा आजकाल गाउँमा हुने सानातिना कार्यक्रमहरूमा पुगेर प्रमुख अतिथिको भूमिका निभाउने गरेका छन् । तिनै तस्बिरहरूलाई झाले संस्मरण गर्दै ट्वीट गर्ने गरेका छन् । मंगलबार पनि झाले ‘तेश्रो दीपक गुप्ता क्रिकेट टुनामेन्ट’को तस्बिर ट्वीट गर्दै प्रमुख अतिथि बनाइएकोमा धन्यवाद दिएका छन् । ‘तेश्रो दीपक गुप्ता क्रिकेट टुनामेन्ट’को समापन समारोहमा प्रमुख अतिथिको रुपमा आमत्रण गर्ने सम्मपूर्ण साथीहरूलाई धन्यवाद’, मुख्यन्यायाधिवक्ता झाले ट्वीटमा भनेका छन् । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

 

प्रतिक्रिया

सम्बन्धित