'मेरो संसार उज्यालो' बजारमा (भिडियो सहित)
काठमाडौं । मौलिक गीत संगीतको रचना ओझेलमा परिरहेको बेला नेपालको परिस्थिति अनुसारको भाकाहरुलाई बजारमा ल्याउने क्रममा देवी म्युजिक सोलुसन प्रालीको प्रस्तुतिमा गायिका पुर्णकला विसी र गायक बल बहादुर गुरुङको नयाँ लोक दोहोरी गीति एल्बम 'मेरो संसार उज्यालो' भर्खरै बजारमा आएको छ ।
मायामा पाएको चोटले परिवर्तन हुने प्रेमी प्रेमिकाको जीवन कहानी समेटेर सिर्जना गरिएको गितमा निकै मार्मिक रुपमा समेटिएको छ । धुब्र गुरुङको शब्द र सागर लामाको लय सिर्जना रहेको गितको भिडियो छायांकन सागर गौत्तमले गरेका छन भने सम्पादन दिपक बिष्ट ले गरेका छन ।
अडियो र भिडियोलाई देवी म्युजिक प्रालीले बजारमा ल्याएको हो । भिडियोमा सागर थापा र लिला गिरी को अभिनय रहेको छ भने काजिश श्रेष्ठको निर्देशन रहेको छ ।
भिडियोको लागि तलको लिंकमा जानुहोस्
प्रतिक्रिया