मेस्सीलाई विश्राम दिंदा दुर्लभ कीर्तिमानबाट चुक्यो बार्सिलोना

barcelona

काठमाडौं । चर्चित स्ट्राइकर लियोनल मेस्सीलाई विश्राम दिंदा बार्सिलोना ऐतिहासिक उपलब्धि हात पार्नबाट चुकेको छ। स्पेनिस ला लिगा अन्तर्गत आइतबार लेभान्तेसँग ५–४ गोल अन्तरले पराजित भएसँगै बार्सिलोना एक ऐतिहासिक उपलब्धि हात पार्नबाट चुकेको हो। लियोनेल मेसीलाई विश्राम दिएको खेलमा बार्सिलोना लिगमा पहिलो हार बेहोर्न बाध्य भयो।

आइतबार को खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको लेभान्टेसँग ५–४ अन्तरले पराजित भएपछि अपराजित हुँदै ला लिगाको उपाधि हात पार्ने एक मात्र टोलीको कीर्तिमान कायम गर्ने ऐतिहासिक अवसरबाट बार्सिलोना चुकेको हो।

घरेलु टोली लेभान्तेले नवौं मिनेटमा एम्यानुएल बोटेङको गोलमा अग्रता लिएको थियो। बोटेङले आधा घण्टा नबित्दै अग्रता दोब्बर पारे‌। फिलिप कोउटिन्होले बार्सिलोनाको लागि पहिलो हाफको अन्तिम समयमा गोल गर्दै खेलमा फर्कने संकेत देखाए। तर दोस्रो हाफको पहिलो मिनेटमा एनिस बार्ढिले गोल गर्दै घरेलु टोलीलाई दुई गोलको अग्रता कायमै राखे।

त्यसको तीन मिनेटपछि बोटेङले ह्याट्रिक पुरा गर्दै लेभान्तेलाई ४(१ ले अघि बढाए। एक पछि अर्को गोल गर्दै आएको लेभान्तेका लागि ५६ औं मिनेटमा बार्ढिले गोल गर्दै टिमलाई ५(१ को अग्रतामा पुर्‍याए। त्यसपछि कोउटिन्होले ५९ औं र ६४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेर खेलमा फर्काउने प्रयास गरे। लुइस सुआरेजले ७१ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अन्तर गो अन्तर ५–४ मा पुग्यो।

हालसम्म कुनै टोलीले त्यो कीर्तिमान काम गर्न सकेको छैन। ला लिगा यस सिजनको ३६ औं खेलसम्म अपराजित रहेको बार्सिलोना ३७ औं खेलमा पराजित भइ दुर्लभ कीर्तिमान कायम गर्न असफल रह्यो। अब बार्सिलोनाले एक खेल मात्रै खेल्न बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित