२७ स्थानीय निकायहरुमा एनआईसी एशिया बैंक

nicasia

 काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल राष्ट्र बैंकसँग प्रतिबद्धता जनाएको ३४ वटा स्थानीय निकायहरुमध्ये २७ स्थानीय निकायहरुमा शाखा कार्यालयहरु संचालनमा ल्याईसकेको छ । दुर्गम तथा ग्रामीण क्षेत्रहरुमा समेत आफ्नो पहुँच अभिबृद्धि गर्दै सम्पुर्ण तह तप्काका सर्वसाधारणको बैंकको रुपमा आफ्नो पहिचान बनाईरहेको एनआईसी बैंकले ग्राहकहरुलाई उच्चस्तरीय सेवा दिंदै आईरहेको छ ।

 हालसम्म २१० वटा शाखा कार्यालय, २०३ एटिएम, ६ वटा एक्स्टेन्सन काउण्टर, ६ वटा शाखारहित बैंकिङ्ग एवं ५५०० भन्दा बढि रेमिटेन्स पे आउट एजेन्ट सहित मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकको रुपमा स्थापित भैसकेको छ । शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

 ग्राहक महानुभावहरुको अपार स्नेह, विश्वास तथा भरोसाका कारण यस बैंकले करीब १३५ अर्ब निक्षेप संकलन गरी करीब ११० अर्ब कर्जा प्रवाह गरिसकेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (सुचना अधिकारी) सुधिर नाथ पाण्डे उल्लेख गर्छन । हालसम्म एनआईसी बैंकमा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित