संसदमा विपक्षी नेताहरुको आपत्ति, एकीकरण भएकै दिनबाट दम्ब शुरु ?

radhe shyam adhikari

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएसँगै उनीहरुले दम्भ देखाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बर्दियामा बामदेव गौतमलाई पराजित गर्ने कांग्रेस सांसद सञ्जय गौतमले संसद बैठकमा बोल्दै कम्युनिस्ट पार्टीका नेताको अभिव्यक्तिमा दम्भ देखिन थालेको बताए ।

उनले समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा कांग्रेसको पनि साथ रहेको भन्दै आफूहरु सकारात्मक प्रतिपक्षको रुपमा सशक्त भूमिका निर्वाह गर्न तयार रहेको बताए । उनले जिम्मेवार नेताले अभिव्यक्ति दिदा ख्याल गर्नुपर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति सांकेतिक असन्तुष्टि व्यक्त गरे ।

दुई ठूला सत्तारुढ कम्युनिस्ट पार्टी तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टीलाई विपक्षी दलका सांसदहरुले पनि बधाइ दिएका छन् ।प्रतिनिधिसभाको सोमवारको बैठकमा सांसदहरुले बलियो कम्युनिस्ट पार्टी बनेकोमा सफलताको शुभकामना दिए ।

यसैबीच अर्का सांसद राधेश्याम अधिकारीले सरकारले हुकुम प्रमाङ्गीबाट देश चलाउन खोजेको आरोप लगाए । राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै अधिकारीले काठमाडौंमा सडकको समस्या विकराल भएको बताए । तर, सरकारले काम गराउने भन्दा बहना खोजेको उनको आरोप छ ।

ठेकेदार जेल हाल्ने गृहमन्त्रीको आदेश आएको भन्दै उनले भने–‘अस्ती चिनी मिलमालिकहरुलाई त्यसै गरियो । फर्मान आदेशबाट देश चल्दैछ । गणतन्त्रमा कानुनभन्दा माथि कोही छैन भन्ने मन्त्रीजीहरुले विर्सन थाल्नु भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित