अनमोल र निता उत्कृष्ट
काठमाडौं । ‘डि सिने अवार्ड’ को दशौं संस्करण बिहिबार सम्पन्न भएको छ । अवार्ड कार्यक्रममा उत्कृष्ट फिल्मको अवार्ड ‘कृ’को भागमा पर्यो भने नायकतर्फ फिल्म ‘कृ’ बाटै अनमोल केसी उत्कृष्ट बने । त्यसैगरी नायिकातर्फ फिल्म ‘पञ्चायत’ बाट निता ढुंगाना उत्कृष्ट घोषित भइन्। उत्कृष्ट निर्देशकको अवर्ड भने फिल्म ‘लिलिबिली’ का मिलन चाम्सले हात पारे ।
क्रिटिक्स अवार्डमा फिल्म ‘ब्लाइन्ड रक्स’, नायकमा ‘मंगलम’बाट पुष्प खड्का, र निर्देशक पनि ‘मंगलम’बाट नवल नेपाललाई प्रदान गरियो। त्यस्तै, प्रोत्साहन अवार्ड ‘संरक्षण’ निर्देशक पुणेन्द्र झाले जिते ।
उत्कृष्ट नव नायकको अवार्ड भने ‘ए मेरो हजुर २’ बाट सलिनमान बानियाले हात पार्दा नव नायिकामा ‘लिलिबिली’ फिल्मबाट जसिता गुरुङले अवार्ड जितिन् । नव निर्देशकको अवार्ड पनि ‘ए मेरो हजुर २’ कै झरना थापाले हात पारिन् । पपुलर फिल्मको अवार्ड ‘छक्का पञ्जा २’ ले पायो भने पपुलर च्वाइस अवार्ड फिल्म ‘शत्रुगते’लाई हात पर्यो। अवार्डमा लाइफटाइम लिजेण्ड्री सम्मान नेपालको पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुसाललाई प्रदान गरियो भने छायाँछवि चलचित्रकर्मी रजत सम्मान नरेन्द्र महर्जन र मौसमी मल्ललाई प्रदान गरियो। सञ्चारकर्मी श्याम अर्यालले छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्राप्त गरे।
कसलाई कुन अवार्ड ?
उत्कृष्ट एनिमेशन ः ग्लेज इन्टरटेन्मेन्ट –कृ
उत्कृष्ट पार्श्वसंगीतः एलिश कार्की – लिलीबिली
उत्कृष्ट ध्वनिमिश्रणः सुनयमान श्रेष्ठ – संरक्षण
उत्कृष्ट गीतकारः धिरेन्द्र प्रेमर्षी – संरक्षण
उत्कृष्ट गायिकाः विन्दु परियार – मंगलम (पर्ख पर्ख)
उत्कृष्ट गायकः सुगम पोखरेल – ऐश्वर्व (तिमी रोएको पल)
उत्कृष्ट संगीतकारः राजनराज शिवाकोटी – दुई रुपैयाँ (कुटुमा कुटु)
उत्कृष्ट नृत्य निर्देशकः कविराज गहतराज – दुई रुपैयाँ (कुटुमा कुटु)
उत्कृष्ट द्वन्द्व निर्देशकः हिमाल केसी – रुद्र
उत्कृष्ट बाल कलाकारः कुशाग्र भट्टराई – पिंजडा ब्याक अगेन
उत्कृष्ट हाँस्यकलाकारः केदार घिमिरे – छक्का पञ्जा २
उत्कृष्ट खलपात्रः प्रशान्त ताम्राकार – ऐश्वर्य
उत्कृष्ट कथाः नवराज बुढाथोकी – भुइँमान्छे
उत्कृष्ट पटकथाः प्रदीप भारद्वाज – लिलीबिली
उत्कृष्ट संवादः दिपेन्द्र लामा – घामपानी
उत्कृष्ट नव नायीकाः जसीता गुरुङ – लिलीबिली
उत्कृष्ट नव नायकः सलिनमान बानियाँ – ए मेरो हजुर २
उत्कृष्ट नव निर्देशकः झरना थापा – ए मेरो हजुर २
उत्कृष्ट चरीत्र अभिनेत्रीः मिथिला शर्मा – मंगलम
उत्कृष्ट चरीत्र अभिनेताः पुष्कर गुरुङ – घामपानी
उत्कृष्ट सह अभिनेत्रीः बर्षा राउत – छक्का पञ्जा २
उत्कृष्ट सह अभिनेताः सलोन बस्नेत – ए मेरो हजुर २
उत्कृष्ट छायाँकारः पुरुषोत्तम प्रधान – कृ
उत्कृष्ट सम्पादकः मित्र डी गुरुङ – मंगलम
उत्कृष्ट अभिनेत्रीः नीता ढुंगाना – पञ्चायत
उत्कृष्ट अभिनेताः अनमोल केसी – कृ
उत्कृष्ट निर्देशकः मिलन चाम्स – लिलीबिली
उत्कृष्ट चलचित्रः कृ
उत्कृष्ट पपुलर चलचित्र – छक्का पञ्जा २
क्रिटिक्स अवार्ड फिल्मः व्लाइण्ड रक्स, चाम्स इन्टरटेन्मेन्ट
अभिनेताः पुष्प खड्का मंगलम
निर्देशकः नवल नेपाल, मंगलम
पपुलर च्वाइस अवार्डः शत्रुगते
छायाँछवि लाईफटाइम लिजेण्ड्री अवार्डः बसुन्धरा भुसाल
छायाँछवि चलचित्रकर्मी रजत सम्मानः नरेन्द्र महर्जन
छायाँछवि चलचित्रकर्मी रजत सम्मानः मौसमी मल्ल
छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारः श्याम अर्याल (प्रोत्साहन)
इन्करेजमेन्ट अवार्डः पुर्णेन्द्र झा, संरक्षण
प्रतिक्रिया