नेपाली सेफ अष्ट्रेलियामा जेल चलान
काठमाडौं । भिक्टोरियास्थित बालारात करी हाउसमा कार्यरत एक नेपाली सेफ ग्राहकको हत्यामा दोषी ठहर भएका छन् । ५१ वर्षीय सेफ हरिप्रसाद ढकालमािथ पाकिस्तानी मूलका आईटी क्षेत्रका कामदार अब्दुल्लाह सिद्दिकीलाई २०१६ अक्टोबर २५ मा चक्कु प्रहार गरेर हत्या गरेको आरोप लागेको थियो, जसमा उनी दोषी ठहर भएका हुन् ।
ढकालका वकिल थियो अलेक्जान्डरले भने त्यसलाई अस्वीकार गरेका छन् । अलेक्जान्डरले भने–‘हत्याको रात ढकाललाई सिद्दिकीले पछाडिबाट आक्रमण गर्न लागेका थिए र ढकालले आत्मरक्षाको लागि चक्कु प्रहार गर्दा उनको मृत्यु भयो ।’ ढकालको क्रियाकलाप पूर्वयोजनाअनुसार नभएको, उनले प्रहरीसँग सहकार्य गरेको, परिणामहरुको सामना गरेको र पछुतो व्यक्त गरेको अलेक्जान्डरले बताए ।
रेष्टुरेन्टमा ग्राहकको हत्या गरेपछि ढकालले रगत लत्पतिएको चक्कुलाई कपडाले बेरेर झोलामा राखी बालारात प्रहरी चौकीमा पुगी आत्मसमर्पण गरेका थिए । ढकालले हत्यामा आफ्नो दोष नरहेको बयान दिए । उनले सिद्दिकीलाई मारेको अस्वीस्कार त गरेनन् तर, उनले आत्मरक्षाको लागि सिद्दिकीमाथि आक्रमण गरेको बताए ।
अभियोजनकर्ताहरुले सिद्दिकीले रक्सी पिउँदै सेफलाई अश्लील गाली गलौज गर्दै अपमान गरेकोे र त्यसको झोँकमा ढकालले हत्या गरेको दावी गरेका थिए ।
यता, ढकालका वकिल अलेक्जान्डरले त्यसको प्रतिवाद गर्दै भने, ‘सिद्दिकीले विवादका क्रममा चक्कुले आक्रमण गर्न लागेपछि ढकाललाई डर लाग्यो । आक्रमण गरे ।’ ढकाललाई मेलबर्नमा जुन १ देखि जेल सजाय दिइनेछ । उनको सजाय सकिएपछि नेपाल फिर्ता पठाइने छ ।
प्रतिक्रिया