दिन दहाडै गोली हानेर ९ लाख लुटियो

goli 1

कैलाली । कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा गोली हानेर ९ लाख रुपैयाँ लुटिएको छ। आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी–३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि पुरानो भन्सार रोडमा गोली प्रहार भएको हो ।
बा ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरी उनको साथमा रहेको रकम लुटेर भागेको बताइएको छ ।

भारतसँग सीमा नाका जोडिएका स्थानलाई सिल गरेर गोली हान्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

छाती र पाखुरामा २ गोली लागेर घाइते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । गोली शरीरमै रहेकाले थप उपचारका लागि बाहिर लैजाने तयारी गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित