फोरम सरकारमा आउँदा चलखेल कसरी बन्द ?

Prachanda ji

  काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई नम्बर प्रदेशमा हुँदै आएको चलखेलको ढोका बन्द भएको दावी गरेका छन् । नेकपाका अध्यक्ष समेत रहेका केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा संघीय समाजवादी फोरम नेपाल समावेश भएसँगै चलखेल बन्द भएको उनको भनाई थियो । फोरमका अध्यक्ष उपेन्द्र यादव आफै उपप्रधान र स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा सरकारमा सहभागि भएका छन् ।

नेपाल पत्रकार महासंघ चार नम्बर प्रदेशले सोमबार बिहान पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्ड प्रदेश २ मा चलखेल गरेर केन्द्र सरकारलाई अस्थीर बनाउने कोशिस भएकाले संघीय समाजवादी फोरमलाई केन्द्र सरकारमा ल्याउनु परेको बताए ।

उनले भने–‘दुई नम्बर प्रदेशलाई बाँकी प्रदेशहरुको स्थितिभन्दा अलग गराउने र त्यहाँ चलखेल गरेर सरकारलाई अस्थीर बनाउने कसैले सपना देखेको या त्यसको निम्ति कसरत भएको हामीले देखेका थियौं । त्यसको ढोका चाहिँ बन्द भयो ।’

प्रतिक्रिया

सम्बन्धित