परिसर र अपराध महाशाखामा अचानक पुगे आइजीपी , गुण्डागर्दी बिरुद्द आक्रमक बन्न निर्देशन
काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी)सर्वेन्द्र खनालले बुधबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखामा आकस्मिक निरीक्षण गरेका छन्।
आईजीपी खनाल निरीक्षणमा पुग्दा परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल काठमाडौंका बृत्त र प्रभागहरुले अबैध मदिरा नष्ट गरेको बारेमा पत्रकारहरुलाई जानकारी गराइरहेका थिए । परिसरमा केही बेर बसेपछि आईजीपी खनाल फर्किने क्रममा अपराध महाशाखाको पनि निरीक्षण गरेका छन् ।
परिसरका प्रमुख एसएसपी पोखरेल र अपराध महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले आइजीपी खनाललाई शान्ति सुरक्षा र अपराध नियन्त्रणमा गरेका कामहरुका बारेमा जानकारी गराएका थिए । परिसर र अपराध महाशाखामा आईजीपीको छड्के निरीक्षणका रुपमा पनि यसलाई लिइएको छ। गत सोमबार मात्र महानगरीय अपराध महाशाखाको टोलीले प्रहरीलाई आक्रमण गर्न खोज्दा ललितपुर यूएन पार्क नजिकै गुण्डा नाइके अशोक लामामाथि गोली चलाएर नियन्त्रणमा लिएको थियो । आइजीपी खनालले गुण्डागर्दी र अपराध नियन्त्रणका लागि महाशाखा प्रमुख एसएसपी सिंहलाई आक्रमक रुपमा प्रस्तुत हुन निर्देशन दिएको स्रोतले वतायो ।
प्रतिक्रिया