‘वीराङ्गना’मा शिल्पाको यस्तो रुप (भिडियो सहित)

shilpa

 काठमाडौं । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म ‘वीराङ्गना’ को ट्रेलर सार्वजनिक भएको छ। असार २९ गते रिलिज हुने फिल्मको आइतबार ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरले फिल्म मसला एक्शनले भरिएको देखाएको छ।

फिल्ममा अभिनेत्री शिल्पा पोखरेलको नयाँ रुप देखिएको छ । फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् ।फिल्ममा शिल्पा तथा अनुपका अलावा पृथ्वी राज प्रसाईं, धीरेन शाक्य, प्रज्वल गिरी, शुशिल पोखरेल, धु्रव कोईराला, प्रिया रिजालको अभिनय रहेको छ। यससँगै फिल्ममा घोडा तथा बाँदरलाई समेत हाइलाइट गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित