पहिरोमा परि एकै परिवारका ३ जनाको मृत्यु
काठमाडौं । गएराति परेको अविरल वर्षापछि बागलुङमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । जिल्लाको बरेङ गाउँपालिका–१, लुरु भन्ने स्थानमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, बागलुङले पहिरोमा पुरिएर विष्णुबहादुर क्षेत्री, विष्णुकुमारी क्षेत्री र सोनिया क्षेत्रीको मृत्यु भएको जानकारी दिएको छ ।
प्रतिक्रिया