एकैपटक एनआईसीको १४ नयाँ शाखा र एक्सटेन्सन काउन्टर उद्घाटन

nic asia

  काठमाडौं । एनआईसी एशिया बैंकले लुम्बिनी क्षेत्रीय कार्यालय अन्तर्गत १४ नयाँ शाखाहरु र १ एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । शाखा तथा एटिएम सन्जालको आधारमा देशको सबैभन्दा ठूलो बैंक बनेको एनआईसी एशिया बैंकले आफ्नो लुम्बिनी क्षेत्रीय कार्यालय अन्तर्गत १४ विभिन्न स्थानहरुमा खोलिएका शाखाहरु तथा १ स्थानमा खोलिएको एक्सटेन्सन काउण्टरको आज विभिन्न समारोहहरुका बिच उद्घाटन गरेको छ ।

बैंकको मुलुकभर २२४ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरेको छ । बैंकको वासलातको आकार १७४ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू। १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब ११९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित