संसदीय सुनुवाई समितिमा तीन सदस्य मनोनित, कांग्रेलाई सभामुखको धम्की
काठमाडौं । राष्ट्रियसभाले संसदीय सुनुवाई विशेष समितिमा तीन सदस्य मनोनित गरेको छ । सभाको आज बसेको बैठकले समिति सदस्यमा सुमन प्याकुरेल, नन्दा चपाईँ र जितेन्द्रनारायण देवको नाम अनुमोदन गरेको हो ।
यता, प्रतिनिधिसभाको सुनुवाई समितिको भने टुंगो लागेको छैन । सभामुख कृष्णबहादुर महराले दलहरुलाई समितिमा रहने सदस्यहरुको नाम पठाउन भनेका छन् ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदीय समितिका सभापतिहरुको भागबण्डा हुनु पर्ने भन्दै नाम दिएको छैन । सभामुख कृष्णबहादुर महराले भने अब कांग्रेसलाई धेरै दिन पर्खिन नसक्ने भन्दै धम्कीको भाषा प्रयोग गरिसकेका छन् ।
प्रतिक्रिया