डा. गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीको वार्ता सकारात्मक
काठमाडौं। अनसनरत डा. गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीको वार्ता सकारात्मक बनेको छ । मंगलबार साँझ सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीचको वार्तामा सकारात्मक छलफल भएको हो ।
डा. केसीका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको छलफलमा दुवै पक्षबीच समझदारी हुने क्रम रहेकाले वार्ता सकारात्मक देखिएको हो ।
मंगलबारको वार्ता पुनः बुधबार वार्ता बस्नेगरी सकिएको छ । बाँकी बिषयमा बुधबार समझदारी हुने सरकारीवार्ता टोली र केसी पक्षले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै जानकारी गराएका छन् । २०७५ साउन ९ गते बिहान पुनः बैठक बसी बाँकी विषयहरुमा सझदारी जुटाउने सहमति भएकाले सार्वजनिक जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
प्रतिक्रिया