पार्टीमा भुमिका बढाइरहेका बामदेव गौतम सांसद बन्ने
काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएपनि पार्टीमा भुमिका बढाइरहेका बामदेव गौतमलाई नेकपाले प्रतिनिधिसभामा अभाव खड्एिको भन्दै उप निर्वाचन मार्फत ल्याउने तयारी गरेको छ । गौतमका लागि ठाउँ खाली गर्न पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई डोल्पाबाट राजीनामा गराएर वामदेवलाई उठाउने तयारी भएको छ ।
नेकपाले डोल्पाबाट निर्वाचित सांसद् बुढालाई राजीनामा दिन लगाउने विषयमा छलफल समेत सुरु गरेको छ । बुढाले राजीनामा दिएपछि डोल्पामा उपनिर्वाचन गराएर बामदेव गौतमलाई जिताउने तयारी भएको छ । यस विषयमा दुवै अध्यक्षले प्रतिनिधिसभामा तपाईंको आवश्यकता पर्यो, ल्याउँछौं भनेर बताएको पनि उल्लेख गरेको छ ।
गृह प्रशासन सञ्चालमा अनुभवी मानिएका गौतमलाई प्रतिनिधिसभामा मात्रै ल्याउने होइन की सरकारमा ओलीको उत्तराधिकारी बनाउने बुझिएको छ । सरकारले सुशासनका निम्ति गर्न खोजेका काममा बामदेवको आवश्यकता खड्किएको नेकपा स्रोतले जनाएको छ ।
प्रतिक्रिया