सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री ओलीले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका लागि सरकारले गरेका कामहरूको वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष प्रस्तु गरेका हुन् ।
चार परिच्छेद रहेको प्रतिवेदनमा परिचय, राज्यका निदेर्शक सिद्धान्त, नीति र दायित्वको कार्यन्वयनका लागि भएका काम र उपलब्धीहरु,सरकारी वित्त व्यवस्था र उपहसंहार समेटिएको छ । आर्थिक वर्षमा सरकारबाट २२ विषयगत ऐन निर्माणका बिधयकहरू, २१ नियमावली नौ बिषयगत मापदण्ड र ११ गठन आदेश तथा कार्यविधि स्वीकृत भएको बताइएको छ।
प्रतिक्रिया