बलात्कार मुद्दाको छानविन गर्न सिआइबीको टोली कञ्चनपुर
काठमाडौँ । कञ्चनपुरमा एक किशोरीको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोली कञ्चनपुर पुगेको छ ।
सिआइबी प्रमुख डिआइजी नारायणसिंह खड्काले स्थानीय प्रहरीलाई अनुसन्धानमा समन्वय गर्न ब्युरोबाट गएको टोली सोमबार कञ्चनपुर पुगेको जानकारी दिए । डिएसपी अंगुर जिसी नेतृत्वमा टोली तीन सदस्यीय छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा अघिल्लो हप्ता एक किशोरीको बलात्कारपछि हत्या भएको थियो । हत्या भएकी १३ वर्षीया किशोरीका आफन्तले सोमबार उनको शव बुझेका छन् । यसअघि दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति नदिइकन शव नबुझ्ने भन्दै स्थानीयवासीले विरोध गरिरहेका थिए ।
प्रतिक्रिया