अन्ततः झुके ट्रम्प, विना शर्त इरानसँग वार्ता गर्न तयार

donald trump

  काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेताहरु समक्ष वार्ताको प्रस्ताव गरेका छन् । ट्रम्पले विना शर्त जुनसुकै बेला छलफल गर्न तयार रहेको भन्दै वार्ताको आह्वान गरेका हुन् । जुलाईको पहिलो हप्ता ट्रम्पले चेतावनी दिएपछि इरानी राष्ट्रपति हसन रुहानीले त्यसको कडा प्रतिरोध गरेका थिए ।

सम्बन्ध चिसिएपछि अमेरिका इरानसँगको अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट अलग भएको थियो । सन् २०१५ मा इरानसँगको सम्झौतामा हस्ताक्षर गरेका बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीको विरोधकै बीच उसले केही दिनभित्र तेहरानमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको बीबीसीको समाचारमा उल्लेख छ ।

इरानका गतिविधिलाई लिएर सशंकित हुँदै आएका ट्रम्पबाट एकाएक आएको वार्ताको प्रस्तावलाई धेरैले अनपेक्षित परिघटनाका रुपमा विश्लेषण गरेका छन् । ‘म इरानका जुनसुकै नेतासँग भेट गर्न तयार छु । म वार्तामा विश्वास गर्छु,’ ह्वाइट हाउसमा समाचारदाताहरुलाई ट्रम्पले भने ।

यता इरानले पनि वार्ताका लागि ट्रम्पले गरेको आग्रह सकारात्मक भएको प्रतिक्रिया दिएको छ । अमेरिका र इरानबीच ३९ वर्षदेखि शीर्ष तहमा छलफल हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित