डा. केसीसँग जाेडेर किन विवादमा तानियाे पूर्व राजालाई ?

ganendra

   काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अनावश्यक रुपमा विवादमा तान्न थालेको छ । सर्वसाधारणबाट धेरै आलोचना हुन थालेपछि ध्यान अन्यत्र मोड्न कम्युनिस्ट सत्ताका केही नेता, पत्रकार र मिडियाहरूले पूर्व राजालाई नानाभाँती आरोप लगाउन थालेका हुन् । चुप लागेर निर्मल निवासमा बसेको पूर्व राजसंस्थालाई केपी ओलीको सत्ताले किन विवादमा तानिरहेको छ भनेर धेरै रहस्यका साथ हेरेका छन् ।

डा.गोविन्द केसीको आन्दोलनलाई पूर्वराजा ज्ञानेन्द्र शाहले उचालेको भनेर सत्तारुढ कम्युनिस्ट नेताहरूले आरोप लगाए । डा.केसीको अनशनमा एक शब्द नबोलेको पूर्वराजा ज्ञानेन्द्रलाई नेकपाको आरोपले निर्मल निवास चिन्तामा डुबेको छ । यस्ता झिनामसिना कुरामा निर्मल निवासले खण्डन गर्ने आवश्यकता ठान्दैन ।

तर, पूर्वराजा ज्ञानेन्द्र शाहका सहयोगी फणी पाठकले केही समूह र तत्वले विनाकारण पूर्वराजालाई विवादमा तान्ने प्रयास गरेको भन्दै आपत्ति जनाएका छन् । पूर्वराजा शाहलाई अनावश्यक रुपमा विवादमा नतान्न पाठकले अपील पनि गरेका छन् ।

नेकपाका नेताहरूले पूर्वराजालाई नेपाली कांग्रेससँग जोडेर दुस्प्रचारको प्रयास पनि गरेका छन् । निर्मल निवासमा बसेका पूर्वराजालाई शीतल निवासमा लैजाने र निर्मल निवासको कार्यक्रममा राष्ट्रपति पुग्ने उदारहणलाई भुलेर कम्युनिस्ट नेकपाका केही स्वार्थीहरूले आलोचनाबाट बच्न गरेको यो प्रयासको भण्डाफोर भएको छ । पूर्वराजाको बद्नाम गर्न चाहनेहरू आफै नाङ्गिएका छन् ।

पूर्वराजा शाह आफू निकटका शुभेच्छुकहरूसँग मात्रै भेटवार्ता गर्छन् । उनले सार्वजनिक कार्यक्रमहरूमा कुनै पनि अभिव्यक्ति दिँदैनन् । साधारण नागरिक बनेर बसेका पूर्वराजा शाहमाथि बेलाबेला हुने गरेका प्रहारले नेकपामा बहुलठ्ठीपनाको उदाहरण हो भनेर आलोचना गर्नेहरू पनि छन् ।

प्रतिक्रिया

सम्बन्धित