आज हुँदै छ जोशीको निर्णय

joshi

   काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिश दीपकराज जोशीबारे निर्णय गर्न संसदीय सुनुवाइ समिति बैठक सिंहदरबारमा सुरू भएको छ। बिहान १० बजे बोलाइएको बैठक झन्डै एक घन्टा ढिला गरी सुरू भएको हो।

यसअघि बुधबारको बैठकमा जोशीलाई अनुमोदन गर्ने÷नगर्नेबारे कुरा आजको बैठकमा निर्णयार्थ पेश गरिने बताइएको थियो। शैक्षिक प्रमाण पत्र र कार्यसम्पादनलाई आधार मानेर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसदहरू जोशीलाई अनुमोदन नगर्ने पक्षमा छन्।

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी सुनुवाइ सम्पन्न भए पनि अनुमोदनसम्बन्धी निर्णय हुन सकेको छैन।

साउन १० गते नै सुनुवाइ सम्पन्न भए पनि निर्णय भएको छैन।

जोशीले सुनुवाइ समितिमा गरेको पेस गरेको कार्ययोजनासँग असन्तुष्ट समिति प्रमाणपत्र विवादपछि थप छलफलमा छ। तर, पछिल्ला बैठकहरुमा सत्तारुढ र प्रतिपक्ष दुबै दलका सांसद्हरुले पार्टीभित्र आन्तरिक परामर्शका लागि बैठक सारिएको बताउँदै आएका छन्।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० जोशीको विपक्षमा उभिएको छ। भने, प्रतिपक्ष दल कांग्रेस जोशीको पक्षमा छ।

बुधबारको बैठकमा निर्णय प्रक्रिया अघि बढाउने भनिए पनि कांग्रेसले असहमति राखेपछि प्रक्रिया रोकिएको थियो। बहुमतीय प्रक्रियाबाट गए समिति बैठक बहिष्कार नै गर्ने चेतावनी कांग्रेसले दिएको थियो।

कांग्रेसको चेतावनीपछि सहमतिका लागि भन्दै बैठक दुई दिनका लागि सारिएको थियो। दलहरुको पोजिसन यथावत रहेको अवस्थामा जोशीको अनुमोदन हुने सम्भावना भने कम देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित