प्रचण्डलाई विप्लवको कालो झण्डा

prachanda

   काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रामेछाप जिल्लाको दोरम्बामा नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको माओवादीका कार्यकर्ताले कालोझण्डा देखाएका छन् । दलबलसहित सेनाको हेलिकप्टर लिएर दोरम्बा पुगेका प्रचण्डलाई विप्लवका कार्यकर्ताले बिहीबार कालो झण्डा देखाउनुका साथै विरोधमा चर्का नारावाजी गरेका हुन् ।

दोरम्बा घटनाको १६औं स्मृति दिवस मनाउने स्थानको विषयमा सत्तारुढ नेकपा र विप्लवका कार्यकर्ताबीच भनाभन भएको थियो । दुई समूहबीच भनाभन भए पनि स्मृति दिवस मनाउने ठाउँलाई सत्तारुढ नेकपाले कब्जामा लिएको थियो । त्यसपछि रिसाएका विप्लवका कार्यकर्ताले प्रचण्डलाई कालो झण्डा देखाउनुका साथै नारावाजी गरेका थिए ।

प्रचण्डले जनयुद्धका शहीदका नाममा व्यापार गरेको भन्दै आफूहरूले विरोध गरेको विप्लव निकटको नेकपाका रामेछाप जिल्लाका जनपरिषद् प्रमुख विवेक लामाले जानकारी दिए । सत्तारुढ नेकपाले दोरम्बामा रहेको स्मारक पार्क कब्जामा लिएपछि विप्लवको नेकपाले सहिद स्मारक पार्क नजिकै स्मृति दिवस कार्यक्रम मनाएको थियो ।

०६० साल साउन ३२ गते सरकार पक्ष र तत्कालिन विद्रोही माओवादीबीच युद्धविरामको समयमा रामेछाप, दोरम्बामा नेपाली सेनाको कारबाहीमा रामेछाप जनसरकार प्रमुख बाबुराम लामा २१ जनाको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित