एसिया कप खेल्ने नेपाली क्रिकेट टोलीमा को–को ?

nepali cricket

  काठमाडौं । आगामी भदौ ११ गतेदेखि मलेसियामा हुने एसिया कपको छनोटको लागि नेपाली टोलीको घोषणा भएको छ। बिनोद भण्डारी र सागर पुनलाई समेट्दै नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले शनिबार नियमित १५ र ४ बैकल्पिक सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।

को–को छन् त टोलीमा ?
पारस खड्का–कप्तान
ज्ञानेन्द्र मल्ल–उपकप्तान
बसन्त रेग्मी
अनिल कुमार साह
बिनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
करण केसी
ललित भण्डारी
ललित नारायण राजवंशी
आरिफ शेख
रोहित कुमार पौडेल
सागर पुन
सन्दीप लामिछाने
सोमपाल कामी
सुवास खकुरेल

वैकल्पिक खेलाडी

प्रदीप ऐरी
किशोर महतो
सुनील धमला
सुसन भारी
नेपाली टोलीमा विनोद भण्डारी र सागर पुनले पुनरागमन गरेका हुन्। नेदरल्याण्ड र लर्ड्स भ्रमणमा नपरेका उनीहरूले बन्द प्रशिक्षणमा उत्कृष्ट गरेपछि मलेसिया भ्रमणका लागि छानिएका हुन्। एसिया कपको छनोटमा नेपालले आयोजक मलेसियासहित युएई, हङकङ, सिंगापुर र ओमानसँग प्रतिश्पर्धा गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित