कोजीलाई नेपाल आउन रोक लगाएसँगै राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा बालगोपाल नियुक्त

balgopal

 काठमाडौं । अवैधरूपमा नेपाल बस्दै आएका राष्ट्रिय फुटबल टिमको प्रशिक्षक कोजीलाई अध्यागमन विभागले एक वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमको कार्यवाहक प्रशिक्षकमा सहायक प्रशिक्षक बालगोपाल महर्जनलाई नियुक्त गरेको छ।

सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको एन्फाको आपतकालीन बैठकले मुख्य प्रशिक्षक जापानी नागरिक ग्यातुकी कोजीलाई प्रशिक्षकको जिम्मेवारीबाट मुक्त गर्दै कार्यवाहक प्रशिक्षकमा बालगोपाल महर्जनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

एन्फाले आसन्न साफ फुटबललाई लक्षित गर्दै महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो।महर्जनले अब बंगलादेशमा हुने साफ फुटबलमा कार्यवाहक मुख्य प्रशिक्षकको रूपमा नेपाली टिमको नेतृत्व गर्नेछन्। कोजीको प्रशिक्षणमा रहेको नेपाली युवा टोलीले एशियाडमा खराब नतिजा निकालेको थियो।

प्रतिक्रिया

सम्बन्धित