प्रकाण्डलाई छाड्न सर्वोच्चको आदेश

prakanda pakrau

 काठमाडौं । सर्वोच्च अदालतले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई छाड्न आदेश दिएको छ । न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले खड्गबहादुरलाई सर्वोच्चको रजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएको हो ।

अघिल्लो पटक पनि सर्वोच्चले उनलाई छाड्न आदेश दिएको थियो । तर, सर्वोच्चको आदेशमा छुटेका उनलाई प्रहरीले अदालतको गेट बाहिर टावरमा बम पड्काएको आरोपमा पक्राउ गरेर लागि काभ्रेमा पुर्‍याएको थियो ।

जिल्ला अदालत काभ्रेले म्याद थप गरेर अनुसन्धान गर्न आदेश दिइरहँदा सर्वोच्च अदालतले भने सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै बन्दीसहित जवाफ पेश गर्न आदेश दियो । न्यायाधीशद्वको संयुक्त इजलासले थुनामा राखेर पर्याप्य आधार र कारण नखोली म्याद थप भएको भन्दै निवेदकको मागअनुसार बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर गरेको छ । अघिल्लो पटक उन ठगीको आरोपमा पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित