कञ्चनपुरमा अनिश्चितकालीन कर्फ्यु आदेश

kanchanpur

  कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज दिउँसो ३ बजेदेखि महेन्द्रनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। निर्मला बलात्कार र हत्या प्रकरणको आन्दोलनले उग्र रुप लिएपछि अनिश्चित कालका लागि कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी कुमार खड्काले जानकारी दिए। तर, गृह मन्त्रालयले खड्कालाई फिर्ता बोलाइसकेको छ ।

यसअघि प्रहरीले वास्तविक अभियुक्त नखोजी नक्कली अभियुक्त खडा गरेको भन्दै स्थानीयहरू आन्दोलनमा उत्रिएका थिए। बिहिबार दिउँसो प्रदर्शनकारीले जिल्लास्थित सरकारी भवनमा तोडफोड गरेपछि प्रहरीले १० राउन्ड गोली हानेको थियो। गोली लागि ३ जना गम्भीर घाइते भएका छन् भने थप १० जना सामान्य घाइते छन्।

आक्रोशित समूहले ट्राफिक जिल्ला प्रहरी कार्यालय तोडफोड गर्न थालेपछि गोली चलाएको प्रहरीले जनाएको थियो। गोली लागेर गम्भीर घाइते भएका तेजराज भट्टलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ।

स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। साउन १० गतेदेखि हराएकी निर्मलाको ११ गते बलत्कारपछि हत्या गरिएको शव फेला परेको थियो। झन्डै महिना दिन लामो अनुसन्धानपछि प्रहरीले भदौ ४ गते ४१ वर्षीय दिलिपसिंह विष्टलाई अभियुक्त भनेर सार्वजनिक गरेको थियो।

गृहका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार समितिका अन्य सदस्यहरूमा ३ वटै सुरक्षा निकायका प्रहरी नायब महानिरीक्षक ९डिआर्इजी० र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश ७ का प्रतिनिधि छन् । बैठकले कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसमेत परिर्वतन गरेको छ ।

पन्त बलात्कार प्रकरणमा प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्त दिलिपसिंह विष्टलार्इ सार्वजनिक गरेको थियो । तर, स्थानीयले वास्तविक अपराधीलार्इ लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलार्इ सार्वजनिक गरिएको भन्दै आन्दोलन चर्काएका थिए ।

प्रतिक्रिया

सम्बन्धित