माइक्रो बगाए पनि यात्रुहरुले हामफालेर ज्यान जोगाए
सल्यान । अविरल वर्षापछि आएको बाढिले छिन्चु–जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानमा माइक्रो बस बगाएको छ । बनगाड खोला पार गर्दागर्दै बाढीले गाडी बगाउन थालेपछि यात्रुहरुले हाम फालेर ज्यान जोगाएका थिए ।
जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको हाइस माइक्रो बस अलि तल पुगेर ढुंगामा अड्किएको थियो । उक्त खोलामा निर्माणाधीन पक्की पुल यसअघि नै खोलाले बगाइसकेको छ ।
प्रतिक्रिया