कञ्चनपुर सदरमुकाममा अनिश्चितकालीन कर्फ्यू

kanchanpura police

  काठमाडौं । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सदरमुकाम महेन्द्रनगरमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ । शुक्रबार दिउँसोको प्रदर्शनमा प्रहरीको गोली लागेर एक बालकको मृत्यु भएपछि स्थानीय प्रशासनले साँझ ८ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यू लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सूचना जारी गरी कर्फ्यूको समयमा बाहिर ननिस्कन आग्रह गरेका छन् । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनले उग्र रुप लिएपछि कर्फ्यू लगाइएको प्रशासनले जनाएको छ ।

आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिको क्षति हुन सक्ने र शान्ति भंग हुन सक्ने हुनाले कर्फ्यं लगाइएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित