कञ्चनपुर घटनाका दोषीलाई कारबाही गरिने प्रधानमन्त्री ओली स्पष्टोक्ति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
कैलाली र कञ्चनपुरका सांसद र तथा नेकपाका नेताहरुसँग भएको भेटमा प्रधानमन्त्री ओलीले घटनालाई सरकारले गम्भिर रुपमा लिएकोले छानविन समिति गठन गरेको बताए ।
‘यस घटनाको आवरणमा हिंसा भड्काउने प्रयास भएका छन्, यसमा सरकार गम्भिर छ’ प्रधानमन्त्री ओलीले भने–‘यस्ता व्यक्तिहरुको पहिचन गरी कारबाही गर्न र स्थितीलाई सहज बनाउन सुरक्षा निकायलाई निर्देशन दिइसकिएको छ ।’
प्रधानमन्त्री ओलील्े आन्दोलनका नाममा तोडफोड गर्ने र हिंसा मच्चाउनेमाथि पनि कारबाही हुने बताए ।
प्रतिक्रिया