अमेरिकी प्रोफेसरद्वारा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति घोषणा
काठमाडौं । नेपालमा रहेका गरीब तथा जेहेन्दार विद्यार्थीहरूका लागि शैक्षिक विकासका लागि अमेरिकी प्रोफेसर डा. टड ह्वाइटले छात्रवृत्तिको घोषणा गरेका छन्। उनी अमेरिकाको न्यु मेक्सिकोस्थित युनिभर्सिटी अफ न्यु मेक्सिकोमा प्राध्यापनरत छन् । ह्वाइटले नेपालमा विभिन्न कारणले विद्यालय जानबाट बञ्चित जेहेन्दार विद्यार्थीहरूलाई सानै भएपनि सहयोग गर्न पाउँदा आफू निकै खुसी भएको बताए ।
उक्त शैक्षिक बिकास छात्रवृत्तिलाई अझै बिकसित बनाइ नेपालभरी नै फैलाउने उक्त छात्रवृत्ति कोषका संरक्षक त्रिभुवन पाण्डेले बताए । पाण्डेका अनुसार नेपाल र नेपालीलाई धेरै माया गर्ने टड नेपाल आउने तयारीमा छन् । कोषले प्राथमिक चरणमा स्याङ्जा जिल्लाका पाँच सामुदायिक विद्यालयमा अध्ययनरत पाँच÷पाँच जेहेन्दार छात्रछात्रालाई सहयोग गर्नेछ ।
प्रतिक्रिया