दुरसन्चारमा माफियाकरण, आफैले बर्खास्त गरेकालाई अध्यक्ष बनाउने ओलीको तयारी

digambar jha

 काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणाको अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । सूचना सञ्चार तथा प्रविधि मन्त्रालयले १५ जना उम्मेदवार मध्येबाट तीन जनाको नाम सिफारिस गरेको हो । आइतबार सिफारिस भएका तीन जनामा पूर्व अध्यक्ष दिगम्बर झा, पूर्व सञ्चार सचिव सुशील घिमिरे र प्राधिकरणमै कार्यरत पुरुषोत्तम खनाल रहेका छन् ।

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको राजनीतिक नियुक्त खारेज भएसँगै पदच्यूत भएको दूर सञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई पुनः प्राधिकरणको अध्यक्ष बनाउन एनसेल, स्मार्टसेललगायतका मोवाइल सेवा प्रदायक कम्पनीहरु लागि परेका छन् । यसअघि झाले गरेका विवादास्पद कामहरुको मूल्यांकन सिफारिस समितिले ग-यो वा गरेन तर, सरकारले नै अयोग्य भनि हटाएका झालाई फेरि ल्याउन षड्यन्त्र रचिएको हो।

 झाले ग्रामिण दूरसञ्चार कोषको रकम व्यापक दुरुपयोग गरेको र यूटिएललाई ग्रामिण दूरसञ्चार कोष नियमावली २०६८ विपरित  उक्त कोषको दुई अर्व एक करोड रुपैयाँ अनुदान दिएका थिए । यूटिएलमा मुख्य स्वामित्व हाल उपेन्द्र महतोको रहेको छ । महतो पनि झालाई अध्यक्ष बनाएर टेलिकम क्षेत्रमा माफियाकरण गर्न चाहन्छन् । दूर सञ्चारको अध्यक्ष भएको बेलामा ६५ अर्व रावश्व तिर्न आनाकानी गर्दै आएको एनसेललाई फाइदा पुग्ने गरी काम गरेका झालाई पुनः अध्यक्ष बनाउन एनसेल सक्रिय भएर लागेको हो ।

 देउवा नेतृत्वको सरकारले पनि झालाई पुनः दूर सञ्चारको अध्यक्ष बनाएको हुँदा उनलाई फेरि अध्यक्ष बनाइएको खण्डमा देशमा नियम कानुनको कुनै महत्व नहुने निश्चित छ । यसअघि बाबुराम भट्टराई नेतृत्वको सरकारमा सञ्चारमन्त्री रहेका राजकिशोर यादवले झालाई दूर सञ्चारको अध्यक्ष बनाएका थिए । 

प्रतिक्रिया

सम्बन्धित