विरामीको उपचार गर्न छाडेर आन्दोलनमा उत्रिएका चिकित्सकहरुलाई कांग्रेसको साथ
चितवन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विरामीको उपचार गर्न छाडेर आन्दोलनमा उत्रिएका चिकित्सकहरुलाई समर्थन रहेको बताएका छन् । चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले आज विहान गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले उनीहरुका जायज माग सम्वोधन हुनुपर्ने भन्दै उपचार सेवा नै ठप्प पार्दै आएका चिकित्सकहरुको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताएका हुन् ।
सरकारका पछिल्ला कामकारबाही सहि ढंगले अघि नबढेको बताउँदै उनले विमस्टेक भने सफलतापूर्वक सम्पन्न भएको बताए । सार्क र विमस्टेक फरक(फरक संगठन भएकाले एकलाई अर्कोसँग जोड्न नहुने उनको तर्क छ । संयुक्त सैन्य अभ्यास सहमतीअनुसार हुन लागेको उनले बताए ।
प्रतिक्रिया