एनआईसीको चमत्कारी दुर्इ कर्जा योजना
काठमाडौं । ‘बैक पनि, साथीपनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने मुल नाराका साथ आमजनमानसमा केन्द्रित बैैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको नेपालकै सबैभन्दा ठूलो बैंक एनआईसी एशियाले चमत्कारिक विशेषताहरु भएका दुई नयाँ कर्जा योजनाहरु सार्वजनिक गरेको छ । बैंकले ‘चमत्कारिक सवारी कर्जा र चमत्कारिक घर जग्गाकर्जा’ नामका योजनाहरु ग्राहक महानुभावहरुको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राख्दै सबैको लागि अझ बढी सहज, सवल, गतिशिल, विश्वसनिय र उत्तरदायि बैंक बन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको जनाएको छ ।
बैंकद्धारा जारी विज्ञप्तिमा भनिएको छ–‘‘एनआईसी एशियाको साँच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार’ भन्ने नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको छ । यस योजनाबाट नयाँ गाडी लिनवा पुरानो सवारी साधन साट्न चाहने सम्पूर्ण ग्राहक महानुभावहरुले समेत चमत्कारिक लाभ उढाउन सक्नुहुनेछ ।’
चमत्कारिक सवारी कर्जाका विशेषताहरुमा तुरुन्तै कर्जा स्वीकृति हुने, अधिकतम १५ बर्षसम्मको कर्जा भुक्तानी अवधि, अति न्यून मासिक किस्ता रकम (सवारीको मुल्यअनुसार मासिक ११,००० बाट नै किस्ता रकम सुरु हुने), आंशिक अथवा पूर्ण रुपमा बिना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने, ५.मासिकब्याजदर ०.९% मात्र र प्रशासनिक सेवाशुल्कमा विशेष छुट रहेका छन् ।
त्यसैगरी बैंकले सार्वजनिक गरेको चमत्कारिक घर जग्गा कर्जा योजनामा पनि विभिन्न विशेषताहरु रहेका छन् । जसमा आफ्नो आम्दानी अनुसार आफै मासीक किस्ता निर्धारण गर्न सकिने, अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि, आंशिक अथवा पूर्ण रुपमा विना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने, कर्जा रकम घटाई नयाँ किस्तार भुक्तानी अवधि कायम गर्न सकिने, मासिक ब्याजदर ०.९% मात्र, प्रशासनिक सेवा शुल्कमा विशेष छुट र आधार दरमा भएको परिवर्तन अनुसार मात्र ब्याजदर परिमार्जन हुने रहेका छन् ।
बैंकले दुबै चमत्कारिक कर्जा योजनाहरु बैंकको आफ्नो मुलुकभरी रहेको २४४ वटै शाखा कार्यालयहरुबाट विना झन्झट, न्यूनतम ब्याजदर तथा न्युनतम किस्ता रकममा उपलब्ध गराइने जनाएको छ । एनआईसी एशिया मुलुकभर २४४शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंकको रुपमा स्थापित भइसकेको छ ।
प्रतिक्रिया