निर्मला बलात्कार–हत्या प्रकरण : सिआइबी टोलीमाथि नै छानबिन हुँदै

cib_1

 काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्याको छानबिन गर्न गएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीमाथि नै छानबिन हुने भएको छ।

प्रहरी प्रधान कार्यालयले एसएसपी उत्तम सुवेदीको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । समितिले केन्द्रीय अनुसन्धान ब्यूरोबाट त्यतिबेला अनुसन्धानका लागि कञ्चनपुर गएको डिएसपी अंगुर जिसी, तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्ट र अनुसन्धानमा संलग्न अन्य प्रहरी कर्मचारीको भूमिकाबारे छानविन गर्ने बताइएको छ ।

साउन १४ गते सिआइबीका डिएसपी अंगुर जिसी नेतृत्वमा टोली तीन सदस्यीय टोली निर्मला बलात्कार–हत्याको अनुसन्धान गर्न कञ्चनपुर गएको थियो। यो टोलीले भदौ ४ गते दीलिपसिंह बिष्टलाई घटनाका मुख्यअभियुक्त भन्दै सार्वजनिक गरेको थियो।

बिष्टविरूद्ध किटानी जाहेरी दिन निर्मलाका बुवाआमालाई दबाब दिएपछि स्थानीयले विरोध गरेका थिए। बिष्ट र निर्मलाको शरिरमा भेटिएको डिएनए नमिलेपछि उनी मंगलबार रिहा भइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित