प्रधानमन्त्री ओलीले भने - दुई अध्यक्षबीच भाँजो हाल्ने प्रयास भइरहेको छ

kpolinn

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा अन्तरविरोध खडा गर्ने, भाँजो हाल्ने प्रयास भइरहेको वताएका छन् । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले शनिबार पार्टी मुख्यालय धुम्बाराहीमा बोगटीको चौंथो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले अहिले पार्टीमा अन्तरविरोध खडा गर्ने, भाँजो हाल्ने प्रयास भइरहेको भन्दै त्यसलाई परास्त गरी पार्टी एकतालाई सुदृढ गराएर छाड्ने बताए ।

 बोगटीजस्ता महान् योद्धाको सपना साकार पार्न पनि पार्टी एकतालाई निष्कर्षमा पु-याउनु आवश्यक रहेको प्रधानमन्त्री ओलीले उल्लेख गरे । शहीदका सपना पूरा गर्न पनि पार्टी एकतालाई सुदृढीकरण गर्दै मुलुकलाई समृद्धितर्फ लैजानु पर्नेमा उनको जोड छ ।

 प्रधानमन्त्री ओलीले पार्टी एकतालाई भत्काउनका लागि घुसपैठ गर्ने, अन्तरविरोध चर्काउने र दुई अध्यक्षबीच भाँजो हाल्ने प्रयास भइरहेकाले यसबाट सचेत हुनुपर्नेसमेत बताए ।

 कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोगटी कम्युनिष्ट आन्दोलनको एकताको पक्षमा रहेको भन्दै यदि उहाँ जीवित भएको भए पार्टी एकतामा सबैभन्दा खुशी हुनुहुने थियो भने । प्रचण्डले भने , “उहाँको पार्टी एकताबद्ध गराउनुपर्दछ भनेर भनेका कुरालाई हामीले कदर गर्नुपर्दछ ।”

प्रतिक्रिया

सम्बन्धित